Logo

एनआईसी एशिया बैंकले ल्यायो, तीन कम्पनीका शेयर लिलामीमा



काठमाडौ, ८ माघ । एनआईसी एशिया बैंकले तीन कम्पनीको शेयर बिहीबारबाट लिलामीमा बिक्रि खुला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक शेयर लिलामीमा राखेको हो ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था, महुलि लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्त तीन कम्पनीहरुको संस्थापक शेयर लिलामीमा बिक्रि खुला गरेको हो । आरएमडिसीको ४ लाख ३६ हजार ३६१ कित्ता, महुलिको ६१ हजार २ सय र मेरो फाइनान्सको ५ लाख ९५ हजार ५९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि गर्ने भएको बैंकले जनाएको छ ।

सो शेयर खरीद गर्न आवेदकले फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । आरएमडिसी लघुवित्तको न्युनतम शेयरमूल्य. ५२३ रुपैयाँ, महुली सामुदायिक लघुवित्तको ८१२ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ४६३ रुपैयाँ तोकिएको हुनाले उक्त रकम वा त्यो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्नु पर्नेछ । अधिकतम कित्ताको लागि कुनै हद नलाग्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्