Logo

छिमेक लघुवित्तको लाभांश शेयरधनीको खातामा जम्मा



काठमाडौ, ८ माघ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीको चुक्तापुँजीको ७ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा कनेक्ट आईपीएस मार्फत जम्मा गर्न सुरु गरेको छ ।

बैंकको पुस २९ गते सम्पन्न भएको साधारण सभाले पारित गरेको उक्त लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख भएको खातामा जम्मा गरिदिने भएको हो । बैंकले आईपीएस मार्फत नगद लाभांश जम्मा गर्दा शुल्क लागेमा उक्त शुल्क शेयरधनीले नै व्यहोर्नु पर्ने बैंकले जनाएको छ ।

हालसम्म बैक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले हितग्राही खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्र्पक गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्