Logo

मोदीले कोरोनाविरुद्धको खोप दोस्रो चरणमा लगाउने



एजेन्सी, ८ माघ । भारतमा पहिलो चरणको खोप अभियान चलिरहेको छ । ३ करोडलाई पहिलो चरणमा खोप दिने लक्ष्य राखिएको छ । जसमा चिकित्सकसहित स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेकाहरु छन् ।

दोस्रो चरणमा ५० वर्ष माथिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाउनेछन् । त्यस बखत मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खोप लगाउने बुझिएको छ । इन्डियन एक्सप्रेसले मोदी निकट स्रोतलाई उदृत गर्दै दोस्रो चरणको खोप अभियानमा मोदीले लगाउने उल्लेख गरेको छ ।

भारतमा पाँच दिनमा ७ लाखले भ्याक्सिन लगाइसकेका छन् । पहिलो डज लगाएकाले दोस्रो डज २८ दिनभित्र लगाउने जनाइएको छ ।

भारतमा स्थानीय भारत बायोटेकको कोभ्याक्सिन र अक्सफोर्डको कोभिशिल्ड प्रयोगमा ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्