काभ्रे, माघ ९ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँका प्रदर्शनलाई जिल्ला , केन्द्र तहका नेताहरूले सम्बोधन गरेका थिए । यसै क्रममा नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले काभ्रेको भुम्लुमा भएको प्रदर्शनलाई सम्बोधन गरेका छन् ।
उक्त कार्यक्रममा ढुंगेलले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भएको टिप्पणी गरेका छन् । ‘अदालत अदालत जस्तो मात्र रह्यो भने संसद विघटन असंवैधानिक भएको पुष्टि हुन्छ ,’ ढुंगेलले भने, ‘देशको ध्यान कांग्रेस र न्यायलयमा केन्द्रित छ । अब कांग्रेसले देशलाई बाटो देखाउँछ भन्नेमा सबै नेपाली नागरिक ढुक्क रहेका साथै सरकारको गलत निर्णय न्यायलयले सच्याउनेमा देशबासि विश्वस्त रहन आवश्यक छ ।’
देशका सबै परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई कम नआक्न दुबै थरि नेकपा लाईसमेत ढुंगेलले चुनौती दिएका छन् । उनले पार्टीको आन्तरिक विवाद मिलाउन नसक्ने कम्युनिस्टहरुले देशलाई बचाउन नसक्नेसमेत दाबी गरे । ‘अब देशले शान्ति विकास र अग्रगामी परिवर्तनका लागि कांग्रेस रोज्छ। हामी पार लगाउँछु तपाईहरु ढुक्क रहनोस ।’ उनको भनाई छ ।
कार्यक्रम ढुंगेलको प्रमुख आतिथ्यतामा तथा नेपाली कांग्रेसको तर्फबाट भुम्लु गाउँपालिका प्रमुख प्रत्याशी उम्मेदवार तस्बिर लामा र नेविसंघ नेता नारायण हमालको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता नेपाली कांगेसका भुम्लु ४ कार्य समिति अध्यक्ष सुर्य बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको स्थानीय कांग्रेस नेता सुजन लामाले बताए ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।