Logo

सरुवा निवेदन अनलाइनबाट



काठमाडौं, माघ ९ । धमाधम सरकारी कार्यालयले आफ्ना कर्मचारीको सरुवा निवेदन अनलाइनबाट लिन थालेका छन् । बुधबार महालेखा नियन्त्रकको कार्यालयले लेखा समूहका कर्मचारीको सरुवा निवेदन अनलाइनबाट मात्र लिने निर्णय गरेको छ ।

देशभर लेखा समूहका कर्मचारीले सरुवा हुन चाहेमा लेखा नियन्त्रकको कार्यालयको वेबसाइटमा क्लिक गरी आवेदन सक्ने व्यवस्था लेखा नियन्त्रकको कार्यालयले मिलाएको छ । यसबाट सरुवा हुन चाहने लेखाका कर्मचारी निवेदन बोकेर काठमाडौं धाउनु पर्दैन । बुधबार मात्र महालेखाले नयाँ वेबसाइट सार्वजनिक गरको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस १ गतेबाट अनलाइनबाट सरुवा निवेदन लिन सुरु गरेको हो । एक महिनाको अवधिमा करिब ८ सय कर्मचारीले अनलाइनबाट सरुवा निवेदन दिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जनाए ।

‘अनलाइन निवेदनबाट मन्त्रालयमा भिडभाड कम हुन्छ । र भनसुन पनि चल्दैन,’ अधिकारीले भने । अब भौतिक निवेदन मन्त्रालयले नलिने घोषणा पनि उनले गरे । अनलाइनबाट सरुवा निवेदन निकै प्रभावकारी देखिएको उनले बताए । उनले भने, ‘अब अरु कार्यालयहरूले अनलाइन निवेदन लिन सुरु गर्नुपर्छ ।’ संघीय मन्त्राययको वेबसाइटमा क्लिक गरी अनलाइनबाट निवेदन दिनसक्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्