Logo

संबैधानिक अस्पष्टता र विवादको निराकरण अदालतले गर्छ : कमल थापा



मकवानपुर, १० माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संबैधानिक अस्पष्टता र बिबादको निराकरण सर्बोच्च अदालतले गर्ने बताएका छन् । अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने थापाको भनाई छ । गृहजिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै थापाले १४ बर्ष देखीको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए ।

अब सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए । आफ्नो स्वार्थ सिद्ध गर्नको निमित्त देश,जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले बिप्लब माओवादी देखि राजा सम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे । भ्रस्टाचार ,कुशासन ,धर्मपरिबर्तन,बेरोजगारी र सर्बसत्ताबाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण,जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने बताए।

जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनाबद्ध र प्रभाबकारी ढंगले पार्टी एकताको भावना अनुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे । बैठकमा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन,संगठन सुदृढीकरण तथा भाबी कार्यक्रमका बारेमा आ-आफ्नो धारणा राखेका थिए । आजको बैठकमा तीस जिल्लाका अध्यक्षहरुको सहभागीता रहेको र बाकी जिल्ला अध्यक्षहरुको बैठक केही दिन भित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot