Logo

यो साताः बाकसमा शव देखि कोरोनाविरुद्धको भ्याक्सिनसम्म (फोटोफिचर)



काठमाडौं, १० माघ । यो साता भारतबाट कोभिशिल्ड नेपाल भित्रियो । कम आर्थिक अवस्थाका देशहरुमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन नपुगिरहँदा भारत सरकारले नेपाललाई अनुदानस्वरुप १० लाख डोज भ्याक्सिन दिएको छ ।

आजै मलेशियाबाट शवहरु बाकसमा आए । वैदेशिक रोजगारीका लागि गएका युवाहरुको मलेशियामा मृत्यु भई लामो समययता उतै रहेको थियो । नेपाल एयरलाइन्सले ती शव ल्याएको हो ।

यो साता नेपाल कम्युनिस्ट पार्टीको बिभाजित समूहहरुले विभिन्न समयमा कार्यक्रम राखेर आरोप प्रत्यारोपलाई निरन्तरता दिए । नेपाली काँग्रेसले पनि विरोध कार्यक्रम राख्यो ।

 

तस्बिरहरुः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्