Logo

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव सम्पन्न



काठमाडौं, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । उक्त वार्षिकोत्सव कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री विष्णु पौडेल थिए । विसं २०२२ साल माघ १० गते स्थापना भएको उक्त बैंक सातै ओटा प्रदेशमा ७७ ओटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो । हाल देशभर बैंकका २४५ ओटा शाखा कार्यालय, २०५ ओटा एटीएम, ३८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ ओटा स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्