Logo

गोर्खाज फाइनान्सले सर्वाधिक नाफा कमायो



काठमाडौं, ११ माघ । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको त्रैमासिक विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फाइनान्सको खुद नाफा १७८ प्रतिशतले बृद्धि भएको हो ।

गत वर्षको यस अवधिमा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यो आवको पुस मसान्तसम्म १७ करोड ३ लाख रुपैयाँ नाफा गरेको विवरणमा उल्लेख छ ।

दोस्रो त्रैमाससम्म फाइनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको भएपनि गत वर्षको तुलनामा ३ करोड ५५ लाख रुपैयाँ कम हो । यहि समयमा १७ करोड २८ लाख रुपैयाँ खुद ब्याज गत वर्ष आम्दानी गरेको थियो ।

गत वर्ष फाइनान्सको अन्यबाट संचालन आम्दानी ४ करोड २० लाख रुपैयाँ थियो भने हाल यसै अवधिमा १४ करोड ३० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्