Logo

सबै प्रदेशमा पठाइयो कोभिड विरुद्धको खोप



काठमाडौं, माघ १२ । सरकारले सातओटै प्रदेशमा कोरोना विरुद्धको खोप पठाएको छ । बुधवारदेखि देशभर एकसाथ खोप लगाउन शुरू गर्ने योजना अनुसार केन्द्र सरकारले प्रदेशमा खोप पठाएको हो ।

आइतवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजेदेखि ७७ ओटै जिल्लाका ३०० ओटा खोप केन्द्रमार्फत खोप अभियान शुरू गर्नेगरी प्रदेशमा खोप पठाइएको जानकारी दिए ।

नेपालले भारतबाट सहयोगस्वरूप गत बिहीवार १० लाख डोज खोप प्राप्त गरेको थियो । उक्त खोप भारतको सेरम इन्स्टिच्युटले अक्सफोर्ड–अस्त्राजेनेकासँगको सहकार्यमा उत्पादन गरेको हो । खोप माइनस २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण सकिनेछ । आइतवार केन्द्र सरकारले सबै प्रदेशका क्षेत्रीय मेडिकल स्टोरमा खोप पठाएकोमा प्रदेशले मंगलवारसम्ममा सबै जिल्लामा खोप वितरण गर्नेछ ।

देशभर पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने मन्त्री त्रिपाठीले बताए । पहिलो चरणको खोप अभियान १० दिनसम्म चल्नेछ । पहिलो डोज लगाइएको २८ दिनपछि मात्र दोस्रो डोजको खोप लगाउन शुरू गरिने बताइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्