Logo

सातै प्रदेशबाट एकैसाथ खोप अभियान शुरु



काठमाडौं, माघ १२ । भारत सरकारद्वारा अनुदानस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सरकारले १४ गते बुधबारबाट सातै प्रदेशमा एकसाथ शुभारम्भ गर्ने भएको छ । खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट थालनी गर्ने कार्यक्रम तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सातवटै प्रदेशबाट एकैसाथ खोप अभियान शुरु गरिने बताएका छन्। उनले काठमाडौंका प्रमुख अस्पतालहरुबाट खोप लगाइने जनाए । माघ १४ गते ६२ वटा अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट शुरु गरी १८ गतेभित्र ३ सयवटा खोप केन्द्रमार्फत खोप कार्यक्रम सञ्चालन गरिने मन्त्री त्रिपाठीको भनाई छ ।

उनले पहिलो चरणको खोप अभियान थालेको १० दिनभित्र सम्पन्न गरी सोही अवधिमा अर्को खोप ल्याई कोरोनाविरुद्धको खोपलाई निरन्तरता दिने बताए । खोप अभियानमा ४ लाख ३० हजार जनालाई खोप लगाइने लक्ष्य रहेको जानकारी दिँदै मन्त्री त्रिपाठीले फोहोर मैला व्यवस्थापनमा खटिएका व्यक्ति, उपचार तथा खोप व्यवस्थापनमा खटिएका कर्मचारी, खोप केन्द्रमा खटिएका सुरक्षाकर्मी र स्वयंसेविका, वृद्धा आश्रममा रहेका व्यक्ति तथा आश्रममा हेरचाहमा खटिएका व्यक्ति र कैदी तथा जेलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई शुरुमा खोप लगाइने बताए ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्