Logo

लुटपाट गरेको अभियोगमा पक्राउ



काठमाडौं, १२ माघ । लुटपाट गरेको अभियोगमा आइतबार बिहान एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने २५ वर्षीय साजन तामाङको बा.६० प ७९१० नम्बरको स्कुटर र करिब ४८ हजार रुपैयाँ बराबरको सुनको औंठी लुटपाट गरेको अभियोगमा काभ्रे घर भई ललितपुर बस्ने २३ वर्षीय सूर्य बलोन पक्राउ परेका हुन् ।

काम गरी घर फर्किने क्रममा नागार्जुन नगरपालिका–६ डाँडापौवास्थित सडकमा बा.२ ज २०५० नम्बरको ट्याक्सीमा सवार अपरिचित ३ र ४ जना ब्यक्तिहरुले साजनको स्कुटर र औंठी लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले ट्याक्सीका चालक सूर्य बलोनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्