Logo

सानिमा लार्ज क्याप फण्डप्रति आकर्षण बढ्यो



काठमाडौं,१२ माघ । सानिमा लार्ज क्याप फण्डको इकाईप्रति लगानीकर्ताहरुको आकर्षण बढेको छ । इकाई खरिदको पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन परेको थियो । तेस्रो दिनसम्ममा ४५ करोड भन्दा धेरै कित्ताको लागि आवेदन परेको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलको अनुसार आज माघ ११ गनेसम्म ३६ हजार ८४० जना आवेदकको इकाई खरिदको माग भएको छ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गतको ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईको आईपीओे सार्वजनिक निष्कासन तथा बिक्रि माघ ९ गते खुल्ला भएको थियो । १० रुपैयाँको दरले १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई संघ संस्था तथा सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुला गरेको सानिमा फण्डले जनाएको छ ।

बिक्रि खुला माघ १३ गतेसम्म हुने भएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटै अवधि भित्रनै बन्द हुने सम्भावना रहेको छ । सानिमा क्यापिटलले संचालन गर्न लागेको यो योजना बन्द मुखि योजना हो ।

फण्डले इकाई कोष प्रबन्धकमा सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । उक्त इकाईलाई माघ १३ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा संचालित मेरो शेयर अनलाईन प्रणालीमार्फत आवेदन दिन सक्ने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्