Logo

सामुदायिक लघुवित्तको साधारण सभा फागुन ५ मा हुने



काठमाडौं, १२ माघ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ५ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको सातौ वार्षिक सभा बनेपास्थित काभ्रेमा बस्ने भएको हो ।

सभाले गएको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै चालु आवको लागि लेखा परिक्षकको नियुक्ति र पारिश्रामिक तोक्ने प्रस्ताव पारित गर्ने जनाएको छ । गत वर्ष ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.६८ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यो वर्ष भने लाभांश प्रस्ताव गरेको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्