Logo

नेप्सेमा आज यी कम्पनीको शेयरमुल्य समायोजन



काठमाडौं, १२ माघ । आज ३ कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयरमुल्य समायोजन गरेको छ । गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीहरुको नेप्सेले सोमबार शेयरमुल्य समायोजन गरेको हो ।

नेप्सेले तीनै वटा कम्पनीको आइतबार कायम भएको अन्तिम शेयरमुल्यलाई आधार बनाएर मुल्य समायोजन गरेको जनाएको छ । आइतबार भएको अन्तिम कारोबार २३२ रुपैयाँको आधारमा नेप्सेले सेन्ट्रल फाइनान्सका ७ प्रतिशत बोनस शेयरपछिको मुल्य २१७ रुपैयाँ निर्धारण गरेको छ ।

२.८५ प्रतिशत बोनसका लागि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको अन्तिम कारोबार मुल्उ ३८० रुपैयाँको आधारमा नेप्सेले नयाँ मुल्य ३६९ रुपैयाँ निर्धारण गरेको हो ।

गरिमाका विकास बैंकको अन्तिम कारोबारको मुल्य ३६८ रुपैयाँको आधारमा नेप्सेले १३.५० प्रतिशत बोनस शेयरपछिको मुल्य ३२४ रुपैयाँ तोकेको छ ।

सेन्ट्रल फाइनान्सले शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्नलाई माघ २३ गते साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरणको लागि माघ १२ गतेबाट २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

यसैगरी, गरिमा विकास बैंकले १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पोखरामा हुने साधारण सभाले पारित गर्ने भएको छ । सभा तथा लाभांश वितरणको लागि माघ १२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

त्यस्तै, एनआरएनस इन्फ्रास्ट्रक्चरले ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ २५ गते साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १२ गतेबाट बुक क्लोज गर्ने भएकोले माघ ११ सम्म शेयर कायम गर्नुपर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्