Logo

बीमा कम्पनीहरुको ६ महिनामा ७८ अर्ब भन्दा धेरै कमाई



काठमाडौं, १२ माघ । कोरोना महामारीको समयमा पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशमा भएका बीमा कम्पनीहरुले ७८ अर्ब भन्दा धेरै बीमाशुल्क कमाएका छन् । साउनदेखि पुससम्ममा ७८ अर्ब ५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । आर्जन भएको शुल्कमध्ये जीवन बीमातर्फ ६२ अर्ब ८५ करोड र निर्जीवन बीमातर्फ १५ अर्ब २० करोड रुपैयाँ हो ।

बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ भने सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरेको छ । त्यस्तै, नयाँ कम्पनीहरु मध्ये युनियन लाइफ इन्स्योरेन्सले ५ महिनामा ३ अर्ब ३० करोड रुपैयाँ शुल्क जम्मा गरेर सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी, शिखर इन्स्योरेन्सले ६ महिनामा २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर निर्जीवन बीमातर्फ सबैभन्दा धेरै कमाउने सुचीमा रेकर्ड राख्न सफल भएको छ । सानिमा जनरल इन्स्योरेन्सले निर्जीवन बीमा तर्फ सबैभन्दा कम शुल्क जम्मा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्