Logo

लुकाई छिपाई ल्याएको सुन सहित एक पक्राउ



काठमाडौं, १३ माघ । लुकाई छिपाई ल्याएको करिब ३ सय ४५ ग्राम सुन सहित एकजना पक्राउ परेका छन् । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ४५ ग्राम सुन सहित राहदानी नम्बर ०७२३०८५३ बाहक चितवन भरतपुर घर भएका सुवास गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कतार एअरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाई छिपाई ल्याएको उक्त सुन सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका(९ बस्ने ३१ वर्षीय टक बहादुर गुरुङ समेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बरामद सुन सहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौजर बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्