Logo

नारायणी बैंकको हकप्रद शेयर आजदेखि, फागुन ३ सम्म आवेदन दिन सकिने



काठमाडौ, १३ माघ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर आजदेखि बिक्रि खुल्ला भएको छ । राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापुँजी पुर्याउनको लागि बैंकले प्रस्ताव गरेको हकप्रद शेयर मंगलबारदेखि खुल्ला गरेकोे बैंकले जनाएको छ । यस हकप्रद शेयरमा आवेदन दिन चाहानेले फागुन ३ गतेसम्म दिन सक्नेछन् ।

बैंकले असोज ७ गते सम्म कायम भएका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्ने जनाएको छ । शेयर निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमईका अनुसार सी–आस्वा सेवा भएका सबै बैंक यो हकप्रद शेयर भर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्