Logo

नेपालकै ठूलो सौर्य ऊर्जा आयोजना बन्दै



काठमाडौं, माघ १४ । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना (सोलार प्लान्ट) बन्ने भएको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा १२५÷१२५ मेगावटका दुई आयोजना गरेर त्यस बराबरको सोलार प्लान्ट बनाउन लागिएको हो । नेपालको हकमा यो हालसम्मकै ठूलो क्षमताको सौर्य ऊर्जा आयोजना हो ।

उक्त आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीएफएसआर) तयार गर्न लगानी बोर्ड र सिंगापुरको राइजेन इनर्जी नामक कम्पनीसँग सम्झौता भएको छ । मंगलवार लगानी बोर्डको कार्यालयमा यससम्बन्धी सम्झौता पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् । लगानी बोर्डबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीका तर्फबाट दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ छियाङले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्र अनुसार उक्त दुई आयोजनाबाट २०र२० मेगावाटका दरले ४० मेगावाटको ब्याट्री स्टोरेज प्लान्ट पनि बनाउने गरी अध्ययन गरिनेछ । आयोजनाको कुल लागत १८ करोड ९५ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्