Logo

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले शुरू गर्‍यो ट्रेड पोर्टल



काठमाडौं, माघ १४ । नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले अन्तरराष्ट्रिय व्यापारसम्बन्धी तथ्यांकहरू सहज रूपमा प्राप्त गर्न सकिने ट्रेड पोर्टल शुरू गरेको छ । विभागले व्यापार तथा निकासीसम्बन्धी तथ्यांकलाई सहजीकरणका लागि ‘नेपाल ट्रेड पोर्टल’ सञ्चालनमा ल्याएको हो ।

केन्द्रको कार्यालय ललितपुरको पुल्चोकमा मंगलवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औपचारिक रूपमा उक्त पोर्टलको शुभारम्भ गरे । सो अवसरमा मन्त्री भट्टले अन्तरराष्ट्रिय व्यापारको अध्ययनमा यसले सहज पुग्ने बताए । निजीक्षेत्रलाई सरकारले सरकारकै अंगअन्र्तगत राखेको भन्दै उनले विदेशी लगानी पनि भित्र्याउन अनुरोध गरे ।
अन्तरराष्ट्रिय व्यापार तथा निकासीसम्बन्धी बढीभन्दा बढी तथ्यांक एउटै ठाउँमा उपलब्ध गराउन पोर्टलको निर्माण गरिएको केन्द्रले बताएको छ । उक्त पोर्टलमा निर्यात व्यापारसँग सम्बन्धित व्यवसाय शुरू गर्न साधारण सूचनादेखि निर्यात भएको वस्तुको बजार, त्यसका लागि आवश्यक नीति नियम, सरकारी प्रावधान, निर्यातकर्ता एवं सेवा प्रदायकको विवरणसहित १ दशकमा नेपालले गरेको अन्तरराष्ट्रिय व्यापारको तथ्यांक राखिएको छ ।

केन्द्रका निर्देशक सुरेन्द्र गोंगलले उक्त पोर्टलमा नेपालबाट निर्यात हुने मुख्य १० वस्तु, ती वस्तुको निर्यात हुने मुख्य गन्तव्य, निर्यात भएको वस्तुको मात्रा आदि तथ्यांक राखिएको जानकारी दिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्