काठमाडौं, १३ माघ । देशमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । आज देशका सातै प्रदेशका खोप केन्द्रमा सुरु भएको हो । भारतले अनुदान दिएकोे कोभिसिल्ड १० लाख डोज खोप प्रयोगमा ल्याइएको हो ।
पहिला चरणमा सफाई कर्मचारी, स्वास्थ्य कमृचारी र जेलका कैदीबन्दी लगाएत अत्याआवश्यक सेवाका व्यक्तिहरुलाई खोप लगाउन सुरु गरिएको हो ।
तस्वीरः मुकुन्द कालिकोटे/reportersnepal