Logo

ग्याँस चुलोभित्र लागूऔषध, महिला पक्राउ



काठमाडौं, १४ माघ । अवैध लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो । कैलालीको जोशीपुर गाउँपालिका मिलनटोलबाट अवैध लागूऔषध करिब २० ग्राम १ सय ४० मिलीग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३२ वर्षीया अनिता भाटलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अनिताले घरमा अवैध लागूऔषध खैरो हेरोईन लुकाई राखेकी छन् सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय सूर्यपुरबाट खटिएको संयुक्त प्रहरीले उनको घर तलासी गर्नेक्रममा ग्याँस चुलो राख्ने र्‍याकमा प्लाष्टिकभित्र लुकाइ राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

नेपालगंज उपमहानगरपालिका-१३ लोहियान पुरुवाबाट अवैध लागूऔषध ४ ग्राम ९ सय मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय वचाउ लोहनियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्