Logo

निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्



काठमाडौं, १६ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सम्बन्धमा कुन पक्ष आधिकारिक ? हो भन्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारेको छ । शुक्रबार आयोगमा पत्रकाहरुसँग कुरा गर्दै आयुक्त ईश्वरी पौडेलेले नेकपाको दुवै पक्षले ‘हामी आधिकारिक’ भनेर आयोग नआएको जनाए । उनले भने–‘उहाँहरू दुबै पक्षले आफूले निर्णय गरेका निर्णय अध्यावधिक गरिदिनुस् भन्नु भएको हो। आयोगले आधिकारिकताबारे कुनै निर्णय गरेको छैन, उहाँहरूले नमागेको आधिकारिकता दिन हामीले पार्टी फुटाइदिने हो र!’

आजमात्रै आयोगले नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्षलाई छलफलको लागि बोलाएको थियो । उक्त छलफलमा दाहाल–नेपाल पक्ष पहिला पुगेको थियो । उक्त समूहका नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल पुगेर अहिले दुवै अध्यक्ष दाहाल र नेपाल काठमाडौं उपत्यका बाहिर रहेकोले माघ १८ गतेभन्दा यता छलफलको लागि आउन नसक्ने पत्र बुझाएका थिए । तर, ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ, कृष्णगोपाल श्रेष्ठले भने आफूहरु निर्वाचनको लागि तयारी अवस्थामा रहेको जानकारी गराएका थिए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्