Logo

एनएमबि बैंकको सहकार्यमा बल्खु तरकारी बजारमा आजदेखि क्युआर कोड संचालन



काठमाडौं, १६ माघ । बल्खु तरकारी बजारमा क्विक रिस्पोन्स (क्युआर) कोड भुक्तानी सेवा आजदेखि संचालनमा आएकोे छ । एनएमबि बैंकले तरकारी बजारमा शुक्रबारदेखि उक्त सेवा सुरु गरेको हो । क्युआर कोडको शुरुवात राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले गरेका हुन् ।

बल्खु तरकारी बजारमा क्युआर कोडबाट हुने भुक्तानी कारोबारको कार्यक्रममा बैंकका तर्फबाट अध्यक्ष पवन गोल्यान, प्रम्ुख कार्यकारी अधिकृत सुनिल केसी लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्