Logo

राष्ट्रिय वाणिज्य बैंक र बायुसेवा निगमबीच सरल कर्जा सम्झौता



काठमाडौं, १६ माघ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल वायुसेवा निगमबीच सम्झौता भएको छ । बैंक र निगमबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धि सम्झौता भएको हो । सम्झौतामा निगमको तर्फबाट महाप्रबन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि तलबी बचत खाता संचालनमा रहेका र निगमका पाँच वर्ष सेवा अवधि पुरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विना धितो सरक कर्जा उपभोग गर्न पाउनेछन् । त्यसरी नै तीन वर्षमात्र सेवा अवधि भएका कर्मचारीको हकमा भने कर्जा प्रवाहसम्बन्धि विधि बैंकले तोेके अनुसारले हुनेछ ।

सरल कर्जा १५ लाख रुपैयाँसम्मको हुनेछ । निगमले सिफारिसमा मात्र कर्मचारीले उपभोग गर्न सक्नेछन् । यदि कर्मचारीले कर्जा लिएर सेवा छाडेमा वा हटेमा बैंकलाई बुझाउन बाकी रकम निगमको तर्फबाट कर्मचारीले पाउने जुनसुकै रकमबाट कट्टा गरेर बैंकलाई बुझाइदिनेछ । कर्जाको व्याजदर हाललाई आधारदार ५.७४ प्रतिशत रहेने निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्