Logo

सिभिल बैंकको साधारणसभा फागुन ९ गते



काठमाडौं, १६ माघ । सिभिल बैंक लिमिटेडले फागुन ९ गते साधारणसभा बोलाएको छ । हिजो बसेको संचालक समितिको बैठकले भर्चुअल माध्यमबाट बैंकको केन्द्रिय कार्यालयबाट सभा गर्ने निर्णय गरेको हो ।

सभाले बैंकको गत आर्थिक वर्षको मुनाफाबाट ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ । बैंकले हाल कायम चुक्तापुँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ बै.कको शेयर दाखिला बुक क्लोज माघ २३ हुने भएको छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पछि रसभाले पारित गरेपछि मात्र वितरण हुने बैकले जनाएको छ । हाल बैकको चुक्तापुँजी ८ अर्ब ३३ लाख ८९ हजार रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्