Logo

झुठो आरोप लगाएर मेरो चरित्रहत्या गर्ने काम भयो : तुलसी थापा (भिडिओसहित)



काठमाडौं, १६ माघ । मानव अधिकार परिषद् नेपालका अध्यक्ष तुलसी थापाले आफूलाई ठगीको आरोप लगाएर चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएका छन् ।  आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा थापाले पत्रकार सम्मेलन गर्दै यस्तो आपत्ति जनाएका छन् । उनले व्यक्तिगत आर्थिक कारोबारको विषयलाई लिएर आफूले ठगी गरेको भनेर चरित्र गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने,‘मैले पनि लिएको पैसा, र उहाँले पनि एकान्टमा पैसा हालिदिएको विशुद्ध कारोबारलाई, यो चाहीँ कस्तो थियो भने उहाँले मेरो एकाउन्टमा पैसा हालेको र मैले पनि उहाँलाई भुक्तानी दिएको अवस्था थियो । तर, साथीहरुले ममाथि झुठो आरोप लगाएर, षड्यन्त्र गरे, म मानव अधिकार परिषद् नेपालको अध्यक्ष हुँ, मैले विगत लामो समयदेखि नै मानवअधिकारको रक्षाको लागि काम गर्दै आएको छु ।’

आफूसँग कुनै सोधपुछ नै नगरी हिरासतमा लगिएको र आफ्नो मान, प्रतिष्ठामाथि आँच पुर्याउने काम भएको भन्दै उनले गुनासो पोखे । उनले भने–‘मेरो प्रतिष्ठामाथि आँच पुर्याउने काम भयो । मैले अहिलेसम्म गलत काम गरेको छैन् । मैले विदेश पठाउने भनेर आरोप लगाईयो । लेनदेनको कारोबार गर्नेलाई झुठो आरोप लगाएर यस्तो स्थिति बनाईयो । अबदेखि यस्तो अवस्था नहोस भनेर म पत्रकार सम्मेलनमा आएको हुँ । म त्यस्तो गर्ने व्यक्ति पनि होईन् ।’

उनीमाथि राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुँ र अमेरिका पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । थापा संखुवासभा पाँचखान गाउँपालिका ५ खमारेका स्थानीयवासी हुन् । र, उनलाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्