काठमाडौं, १६ माघ । नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएको कदमविरुद्ध उभिएका छन् । उनले आज काठमाडौं क्षेत्र नं ६ मा आयोजित विरोध सभामा प्रमुख वक्ताका रुपमा सम्बोधन गरे ।
विरोध सभामा काँग्रेसका केन्द्रीय सदस्यहरु गगन थापा, प्रदीप पौडेल, अर्का नेता भीमसेनदास प्रधानलगायत सहभागी थिए । मञ्चमा युवा नेता कुन्दन काफ्ले पनि देखिए । काँग्रेसको १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौलाको त्यतिबेलाको समूहका अधिकांश नेताहरु विरोध सभामा एक साथ देखिए । यसलाई सिटौलाले आफ्नो समूह अझै रहेको सन्देश दिन खोजेका छन् ।
–तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल