Logo

सुवास नेम्वाङमाथि खनिए राजेन्द्र पाण्डे (भिडिओसहित)



काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका प्रभावशाली नेता राजेन्द्र पाण्डेले आफूहरु समूह नै नेकपाको आधिकारिक भएको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले दलको आधिकारिकताबारे निर्वाचन आयोगले कुनै टुँगो नलगाएको स्पष्ट पारे । उनले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले दिउँसै झुठो बोल्ने गरेको टिप्पणी गरे । उनले निर्वाचन आयोगले आफूहरुलाई पटक पटक चिठ्ठी लेखेको स्मरण गर्दै भने–‘आयोगले तपाईहरुसँग ४० प्रतिशत छ भने दाबी गर्न आउनुहोस भन्यो, तर हामीले ४० प्रतिशत होईन दुई तिहाई छ भन्यौं ।’ हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्