Logo

प्रधानमन्त्री कप : आर्मीको सहज जित



काठमाडौं १७ माघ। प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट २०७७ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। चौथो संस्करणमा लगातार चौथो पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक उपाधि जितेको हो।

त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा प्रतिस्पर्धी विभागीय एपीएफलाई ३३ ले हराउँदै आर्मीले उपाधि जित्यो २१२ रनको लक्ष्य पाएको एपीएफ ४१ ओभर तीन बलमा अल आउट हुँदै १७८ रनमा समेटियो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित पुरा ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएपछि एपीएफले २१२ रनको लक्ष्य पाएको थियो।

फाइनलमा १३ रन बनाएका ब्याट्स्मेन पौडेल लामो सट खेल्ने प्रयासमा अमर सिंह रौटेलाको क्याचबाट बाहिरिए। ब्याट्स्मेन भण्डारीले पनि १६ बलमा सात रन मात्र जोड्न सके।

३४ औं ओभरमा १०७ रन बनाउँदै भण्डारी बाहिरिएपछि कमजोर बनेको आर्मीलाई चौहान र राजेश पुलामीको साझेदारीले जीवन प्रदान गर्यो।

उनीहरुले ४३ रन साझा गर्दा पुलामीले २८ रन बनाए भने शाहब आलमले अविजित २५ रन बनाए।
बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका अभिनाश बोहराले १० ओभरमा दुई मेडन राख्दै चार विकेट लिए।

दुई विकेट लिएका अर्का खेलाडी किशोर महतोले १० ओभर बल गरेर ५३ रन प्रदान गरे। त्यस्तै भुवन कार्की, कमल एरी र सरद भेषावकरले समान १,१ विकेट गिराए।जवाफी ब्याटिङमा आएका शंकर राना र आसिफ शेखले ९८ बलमा ७१ रनको साभेदारी गरे। चौथो ओभरमै कप्तान भेषावकरको दोस्रो विकेट गुमाएर कमजोर सुरुआत गरेको एपीएफलाई राना र शेखको जोडीले सहज अवस्थामा पुर्‍याएको थियो।

तर ७१ बलमा ६१ रन खेलेका शेखलाई जितेन्द्र मुखियाले पेवेलियन फर्काए भने राना पनि २१ रन जोड्दै आउट भए।
त्यस्तै सुमित महर्जनले १३ रन बनाए भने सन्दीप जोराले २९ रन बनाए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

एपीएफलाई लक्ष्यसम्म पुग्न नदिन एपीएफका जितेन्द्र मुखियाले खकुरेल, शेख र भेषावकरको महत्वपूर्ण तीन विकेट गिराए।

९ ओभर बलिङ गरेका मुखियाले ३७ रन दिए। त्यस्तै बिक्रम शोब र शाहब आलमले समान तीन–तीन विकेट गिराए, सुशन भारीले एक विकेट लिए।



प्रतिक्रिया दिनुहोस्