काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भोलि माघ १९ गते विहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूह संघर्षमा छ । आजमात्रै पनि उक्त समूहले माईतीघरमा धर्ना दिएको थियो । धर्ना कार्यक्रममा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल पनि सहभागी थिए । Photo : M. Kalikote