Logo

किशोरी बलात्कार गर्ने २ जना पक्राउ



कैलाली, १८ माघ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकी शुक्रबार राति पक्राउ परेका हुन् ।

उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । हाल फरार कृष्ण राउतको प्रहरीले खोजी गरिरहेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्