Logo

अफिम सहित पक्राउ



काठमाडौं, १८ माघ । कलंकीबाट ३ केजी अफिमसहित धादिङका एक पुरुष पक्राउ परेका छन् । कलंकीबाट ३ केजी अवैध लागूऔषध अफिम सहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ५१ वर्षीय माईला भन्ने म्याक्स लोलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनको साथबाट उक्त परिमाणको अफिम फेला पारी पक्राउ गरेको बताएको छ । म्याक्स माथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानुनी कारवाही अघि बढाइने उक्त ब्यूरोले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्