
पर्सा, १८ माघ । अवैध लागूऔषध चरेश र गाँजासहित एकजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कालिकामाई गाँउपालिका–३ हरिहरपुर बस्ने ३० वर्षीय प्रेम हजारा करिब ४ सय ग्राम अवैध लागूऔषध चरेश र १ केजी १ सय ग्राम गाँजा सहित शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।