Logo

सिभिल लघुवित्तले आर्जन गर्यो १७२.४२ प्रतिशत मुनाफा



काठमाडौं, १८ माघ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण आज सार्वजनिक गरेको हो । विवरण अनुसार गत वर्ष १ करोड ६६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो नाफा अघिल्लो आवको भन्दा १७२.४२ प्रतिशत बढी हो ।

पुस मसान्तसम्ममा कम्पनीले ब्याज आम्दानी ७ करोड ६ लाख ७४ हजार रुपैयाँ गरेको छ । गत वर्ष ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, संचालन नाफा पनिगत वर्ष ८८ लाख २१ हजार रुपैयाँबाट यो चालु वर्षमा बृद्धि गरी ४ करोड ६ लाख ४० हजार रुपैयाँ पुगेको छ । यो त्रैमाससम्ममा कम्पनीले २९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ८३ करोड २० लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

कम्पनीले जगेर्ना कोषमा १० करोड ५९ लाख रुपैयाँ सुरक्षित राखेको छ भने लघुवित्तको २३ करोड ३९ लाख रुपैयाँ हाल चुक्तापुँजी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्