Logo

सबैको लघुवित्तले ११.०५ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं, १८ माघ । सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

माघ १७ गते बसेको संचालक समितिको बैठकले चुक्तापुँजीको १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्