Logo

फस्ट माइक्रोफाइनान्सको लाभांश शेयरधनीको खातामा



काठमाडौं, १८ माघ । फस्ट माइक्रोफाइनान्स लघुवित्तले ९.५० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ । लघुवित्तले मंसिर १८ गते सम्पन्न भएको सभाले पारित गरेको बोनस शेयरलाई आजबाट शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिएको उक्त बोनस मंसिर ५ गते शेयर अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा आइतबारबाट शेयर जम्मा गरेको हो । नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सुचिकृत भई अभौतिक रुपमा कारोबार गर्न सकिने व्यवस्था गरीसकेको पनि लघुवित्तले जनाएको छ । कम्पनीले शेयर रजिष्ट्रारमा ग्लोबल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्