Logo

कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से



काठमाडौं, १८ माघ । कारोबार भएको पहिलो दिन आज नेप्से ओरालो लागेको छ । आज कारोबार सुरु भएदेखि नै ओरालो लागेको हो ।
बिहीबार भएको कारोबारको तुलनामा ५४.७५ अंकले घटेर २३७०.५४ विन्दुमा रोकिएको छ । कारोबार घटेर २४ सय विन्दुमुनि आएको हो ।

नेप्सेको अनुसार आज करिब ९ अर्बको कारोबार भएको छ । आज कारोबार भएका कुल १२ उपसमुह मध्ये सबै समुह खाली छन् । आज कारोबार ओरोलो लागेपनि प्रभु लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको भने शेयरमुल्य बृद्धि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्