Logo

अनलाइन सेवामार्फत बिजुलीको महसुल तिर्दा ५ रुपैयाँ काटिने



काठमाडौं, १८ माघ । अबदेखि बिजुलीको महसुल ५ सय रुपैयाँभन्दा धेरै उठ्ने ग्राहकले भुक्तानी गर्दा ५ रुपैयाँमात्र सर्भिस चार्ज लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको संचालक समितिको बैठकले बिजुली महसुल भुक्तानी गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको हो ।

५ सय रुपैयाँसम्म बिजुलीको महसुल हुने ग्राहकले अनलाइन मार्फत भुक्तानी गर्दा भने कति पनि शुल्क लाग्दैन । समितिले आफ्नो मोबाइल बैंकिङमार्फत वा अनलाइन सेवामार्फत बिजुलीको महसुल भुक्तानी गर्दा सर्भिस ५ रुपैयाँ लाग्ने निर्णय गरेको हो ।

अनलाइन मार्फत भुक्तान गर्ने ग्राहकलाई मध्य नजर गर्दै ५ सय रुपैयाँ भन्दा बढी महसुल हुने ग्राहकले सर्भिस चार्ज थप ५ रुपैयाँ लाग्ने छ । अब चाडैनै विद्युत महसुलमा सर्भिस शुल्क लाग्ने निर्णय लागु हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्