काठमाडौं, १८ माघ । सिद्धार्थ बैंक लिमिटेडले १५ प्रतिशत लाभांश पारित गरेर शुक्रबार साधारण सभा सम्पन्न गरेको छ । बैंकको १९ औ सभा आम्रपाली बैंक्वेट बालुवाटारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष ०७६÷०७७ को नाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ बराबरको १ अर्ब १७ करोड ४छ लाख ३२ हजार ५७ रुपैयाँको बोनस तथा ३ प्रतिशतको २९ करोड ३६ लाख ३३ हजार रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्तावहरु परित गरेको जनाएको छ ।
यसको साथै सभाबाट संचालक समितिमा संस्थापक शेयरधनी समुहको तर्फ ३ जना र सर्वसाधारण शेयरधनीबाट २ जना निर्विरोध निर्वाचित भएका छन् ।