काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले विष्णु पौडेललाई महासचिवबाट हटाएको छ । आज बसेको केन्द्रीय समिति बैठकले पौडेललाई महासचिवबाट हटाएको हो ।
यसअघि केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउन गरेको स्थायी कमिटीको निर्णयलाई पनि केन्द्रीय कमिटी बैठकले पारित गरृेको छ । ११ माघमा बसेको स्थायी कमिटी बैठकले ओलीलाई हटाउने निर्णय गरेको थियो ।
पौडेललाई महासचिवबाट हटाएर कुनै एक नेतालाई बनाएर निर्वाचन आयोगमा जाने दाहाल-नेपाल पक्षको तयारी छ ।