Logo

पाँच लाख खोप लिन पाकिस्तानको विशेष विमान चीनतर्फ



एजेन्सी, १९ माघ । चीनद्वारा उत्पादित कोरोना भाइरसविरुद्धको खोप लिन पाकिस्तानले आफ्नो विशेष विमान बेजिङ्ग पठाएको छ । द्विपक्षिय सम्बन्धको आधारमा चीनले पाकिस्तानलाई कोरोना खोप प्रदान गर्ने भएको हो ।

चीनले पहिलो पटक आफ्नो उत्पादन गरेको खोप अन्य देशलाई प्रदान गर्ने भएको छ । दूवै देशका विदेशी मन्त्रीको फोन वार्ताबाट उक्त निर्णय लिइएको जनाइएको छ । चीनस्थित रहेको पाकिस्तानी दूतावासको भनाईलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, ‘हामी चीनसित सहकार्य गरेर अगाडी बढ्न तयार छौँ । कोरोना महामारीमा दूवै देशको सहकार्य अनिवार्य रहेको छ । पाकिस्तामा फैलिएको कोरोनालाई नियन्त्रण गर्न चीनले सहयोग गर्ने अपेक्षा रखेका छौँ ।’

गत साता कोरोना नियन्त्रण र खोपको विषयमा दूवै देशका विदेश मन्त्रीबीच छलफल भएको थियो । उक्त छलफलमा पाकिस्तान र चीनको सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिइएको थियो । प्रत्येक व्यक्तिले उक्त खोपको दूई वटा डोज लिनुपर्ने र चीनले प्रदान गर्न लागेको खोपले करिब २ लाख ५० हजार पाकिस्तानी व्यक्तिले लगाउन सक्ने जनाइएको छ । पाकिस्तानले त्यसैगरी दुई वटा खोप कम्पनीसित सहकार्य गरिसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्