काठमाडौं, १९ माघ । चीनले नेपाल सरकारलाई अनुदानमा दिने भनेको तीन लाख डोज कोरोना भाइरसको भ्याक्सिनबारे नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नै बेखबर बनेको छ । नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी तीन लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका थिए । तर, यसबारेमा स्वास्थ्य मन्त्रालयलाई कुनै जानकारी नभएको मन्त्रालयका अधिकारीहरुको प्रतिक्रिया छ । चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो । चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ । File Photo/ReportersNepal