काठमाडौं, १९ माघ । भारतले नेपाललाई वार्षिक रुपमा दिदै आएको अनुदानमा वृद्धि गरेको छ । आज लोकसभामा भारतकी वित्तमन्त्री निर्मला सितारमणले पेश गरेको बजेटमा दुई अर्ब भारुले वृद्धि गरेको हो । यो नेपाली ३ अर्ब २० करोड डलर हो ।
भारतले आर्थिक वर्ष २०२१/२२ मा नेपाललाई अनुदान दिने रकममा ९ अर्ब ९२ करोड भारु विनियोजन गरेको छ । यो १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ हो ।
गत वर्ष भारतले ८ अर्ब भारु अर्थात १२ अर्ब ८ करोड नेपाली रुपैयाँ बजेट विनियोजन गरेको थियो । नेपालसँग भारतको सम्बन्ध सुधार भएपछि अनुदानमा वृद्धि गर्नुलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय भारतबाट उच्चस्तरीय भ्रमण भएको छ । नेपालबाट पनि भ्रमण भएका छन् ।
भारतले सबैभन्दा बढी भुटानलाई ३० अर्बभन्दा बढी अनुदान रकम बजेटमा विनियोजन गरेको छ । यस वर्ष श्रीलंकालाई पनि अनुदानमा वृद्धि गरेको छ ।