Logo

प्रचण्ड पक्षधर नेता मण्डलले केपी ओली ‘हत्यारा’ भनेपछि कार्यक्रममै भयो हंगामा (भिडिओसहित)



काठमाडौं, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली पक्ष र दाहाल–नेपाल पक्षका नेताहरुबीच पत्रकार ऋषि धमलाको कार्यक्रममा चर्काचर्की परेको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ओली पक्षका नेता रेवतीरमण भण्डारी र दाहाल–नेपाल पक्षका नेता शिवकुमार मण्डलबीच आरोप–प्रत्यारोप भएको हो । दाहाल समूहका नेता मण्डलले ओलीलाई आफूले कहिल्यै पनि राजनेता नमानेको र कहीँ कतै त्यो शब्द उच्चारण पनि नगरेको जिकिर गरे । तर, ओली पक्षका नेता भण्डारीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कदमलाई संवैधानिकको संज्ञा दिएका छन् ।

ओली पक्षधर नेता भण्डारीले प्रचण्डले सरकार चलाउन नदिएर अपराध गरेको आरोप लगाएपछि नेता मण्डलले प्रधानमन्त्री ओलीलाई लोकतन्त्र र जनताको अधिकारको हत्याराको आरोप लगाएका थिए । मण्डलले भने–केपी ओली लोकतन्त्रको हत्यारा हो, राजनीतिक उपलब्धिको हत्यारा हो । जनताको अधिकारको हत्यारा हो । लोकतान्त्रिक व्यवस्थाको हत्यारा हो ।’ हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्