Logo

सेनाको बढ्दो सक्रियता



काठमाडौं, २० माघ । नेपाली सेनाले वख्तरबन्द सोमबार राति चक्रपथमा उतार्यो । यसबारे सेनाले अग्रिम जानकारी समेत गराएरको थियो । सेनाले २१ माघको राति पनि वख्तरवन्द निकाल्ने भएको छ ।

प्रमुख शहरहरुमा सेनाका वख्तरवन्द निकालिने भएका छन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ । देशका प्रमुख राजमार्गहरुमा सेनाको वख्तरवन्द निकाल्नुलाई अहिलेको राजनीतिक संकटसँग पनि जोडेर हेरिएको छ ।

विश्वस्त स्रोतका अनुसार सेनाले पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । उसले सुरक्षा निगरानी पनि बढाएको छ । सरकारविरोधी आन्दोलन देखि विप्लवलगायत समूहको गतिविधिप्रति पनि सेनाको चासो रहेको छ ।

सेनाले यसवर्ष पृथ्वी जयन्ती अघिल्लो वर्षहरुको तुलनामा निकै भव्य रुपमा मनाएको छ । सेनाले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा भव्य रुपमा मनायो । सामाजिक सञ्जालका आधिकारिक पेजहरुमा यो विषयलाई प्राथमिकताका साथ राख्यो ।
२७ पौषमा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसरमा जङ्गी अड्डास्थित श्री ५ पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पणका साथै पृथ्वी नारायण शाह अध्ययन केन्द्रको समुद्घाटन प्रधानसेनापति पूर्ण चन्द्र थापाले गरेको’ सैनिक प्रवक्ताको ट्वीटर पेजमा उल्लेख छ । शालिकमा सलामी तथा सम्मान अर्पणका साथै पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन पनि थापाले गरेको उल्लेख छ ।

पछिल्लो समय सेनाले परम्परागत अभ्यासलाई सुचारु मात्र गरेको छैन झन् भव्य रुप दिएको छ । पृथ्वीनारायण शाहलाई गणतन्त्र स्थापनापछि अपमान गर्ने देखि जन्मजयन्ती नै मनाउन छाडिएको सन्दर्भमा सेनाले राष्ट्रिय एकता दिवसकै रुपमा मनायो । यो आफैमा अर्थपूर्ण छ ।

सेनाको सडक देखि संस्कृतिमा देखिएको सक्रियतामा चासो बढेको छ । देशमा अहिलेको राजनीतिक प्रणाली नै संकटमा छ । यही सन्दर्भमा सेनाको सक्रियताले निकै अर्थ राख्छ ।-फाइल तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्