Logo

एनआईसी बैंकद्वारा यी कम्पनीका संस्थापक शेयर लिलाममा बिक्रि सुरु



काठमाडौं, २० माघ । एनआईसी एशिया बैंकले ३ कम्पनीका संस्थापक शेयर लिलाममा बिक्रि गर्ने भएको छ । बैंकले सुर्या लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाममा बिक्रि गर्ने जनाएको छ ।

नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता शेयर बिक्रि गर्न लागेको हो । उक्त शेयर न्युनतम शेयरमुल्य प्रतिकित्ता १ हजार ६२३ रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता शेयर न्युनतम प्रतिकित्ता ५३० रुपैयाँमा र सुर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता शेयर न्युनतम शेयरमुल्य प्रतिकित्ता ३७८ रुपैयाँमा बैंकले बिक्रि गर्न लागेको हो ।

उक्त शेयर खरिदको लागि इच्छुक लगानीकर्ताहरुले माघ २० गतेबाट २६ गतेसम्म बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्