Logo

सवारी लाइसेन्स आवेदन दिने १० लाख नाघे, ट्रायल दिन तीनदेखि पाँच महिना पर्खनुपर्ने



युवराज बस्नेत, २० माघ । सरकारले सवारी अनुमति पत्र(लाइसेन्स) आवेदन खोलेको साढे एक महिनामै १० लाख बढी सेवाग्राहीले लाइसेन्स आवेदन दिएका छन् ।अनलाइन लाइसेन्स आवेदन खुल्ला गरेको डेढ महिना नवित्दै सवारी अनुमति पत्र लिने ग्राहकको चाप थेगिनसक्नु अवस्थामा पुगेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल अन्तर्गतको यातायात व्यवस्था विभागले पुस ११ गतेदेखि औपचारिक रुपमा १० महिनापछि लाइसेन्स आवेदन खोलेको थियो ।

कारोना भाइरस संक्रमणका कारण चैत ११ बाट देशैभर सरकारले बन्दाबन्दी ९लकडाउन० गरेपछि सवारी अनुमति पत्र आवेदन लगाएत यातायातका सबैकाम ठप्प भएको थियो ।१० महिनापछि खुलेको सवारी लाइसेन्स आवेदन पछिल्ला दिनहरुमा चाप मात्रै छैन यातायात विभागको अनलाइन लाइसेन्स आवेदन सर्भरमा समेत समस्या निम्त्याएको छ ।

समाजिक सञ्जाल तथा यातायात विभागमै पनि सवारी अनुमति पत्र लाइसेन्स आवेदन दिन नपाएको गुनासो सेवाग्राही गर्दै आएका छन् । सेवाग्राहीकै गुनासोलाई सम्बोधन गर्दै गत हप्ता लाइसेन्स आवेदन अनलिमिटेड गरेको थियो । तर,अनलिमिटेड गर्दा पनि यातायात विभागको अनलाइन लाइसेन्स आवेदनमा समस्या कायमै छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले लाइसेन्स आवेदनलाई थेग्न र व्यवस्थापनमा हम्मेहम्मे परेको बताए । उनका अनुसार लाइसेन्स आवेदन दिने क्रम घटेको छैन । ‘लाइसेन्स आवेदन खुलाएको दुई महिना नवित्दै १० लाख बढी आवेदन आइसकेको छ उनले भने ‘लाइसेन्स आवेदन नभएको गुनासो अर्कातिर उतिकै रहेको छ’ ।

अबको दुई महिनामा लाइसेन्स आवेदन दोब्बर हुने विभागको भनाई छ । भुसालको भनाई अनुसार अहिले १० लाख अवेदकको लिखित तथा ट्रायल परिक्षा तीन महिना देखि पाँच महिनाको ग्यापमा हुने छ । अझ यातायात कार्यालयमै गएर फारम भर्नेको कुनै तथ्याङ्क नै छैन् ।

अर्कातिर यातायात व्यवस्था विभागसँग अब नयाँ सेवाग्राहीको लागि अवश्यक स्मार्ट लाइसेन्सको माग पुरा गर्न सक्ने क्षमता छैन् । अहिले विभागसँग एक लाख पनि स्मार्ट कार्ड बाँकी छैनन भने १५ लाख स्मार्टकार्डको लागि नयाँ टेन्डर आह्वान गर्ने तयारीमा विभाग छ । अहिलेकै अवस्थामा लाइसेन्स आवेदक बढ्ने र स्मार्टकार्डको अभाव हुने हो भने सेवाग्राहीले लाइसेन्स पाउन बषौं लाग्ने अवस्था आउन सक्छ ।

त्यसो त,यदि नेपालमा लकडाउन नभएको भए विभागले अहिलेसम्म पनि बाँकी आठ लाखको लाइसेन्स छपाइ सक्ने थिएन । यातायात व्यवस्था बिभागको कमजोर नेतृत्वको कारण सवारी लाइसेन्स लगाएत समग्र यातायात क्षेत्रको समस्या समाधान हुन सकेको छैन ।

सवारी लाइसेन्स आवेदनमा अत्याधिक चाप परेकाले अनलाइन लाइसेन्स आवेदन १० बजेपछि र ५ बज्नुभन्दा अगाडी भर्न यातायात विभागका अधिकारीहरु नै सुझाउने गरेका छन् ।

पछिल्लो समय सरकारले पनि सवारीलाइसेन्स झन्झटिलो प्रक्रिया भएकै कारण लाखौं सेवाग्राही ट्रायल पास नहुने र सवारी लाइसेन्समा बारम्बार चाप पर्ने गरेको भन्दै लाइसेन्स प्रक्रियालाई नै परिमार्जन गर्ने तयारी गरेको छ । मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्