Logo

ब्राउन सुगर सहित पक्राउ



काठमाडौं, २१ माघ । अवैध लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अबैध लागूऔषध १.५ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो सहित मकवानपुर फापरवारी गाउँपालिका–७ बस्ने २८ वर्षीय अनुप कुमार बिश्वकर्मा मंगलबार बिहान पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.६ ख.९४७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार अनुप कुमारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्