Logo

ओलीको पेलेरै जाने रणनीति, प्रचण्डले कठोर कदम चाल्ने



काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेरै जाने रणनीति बढाएका छन् । उनले संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई आज सपथ गराउने भूमिका खेलेर पेलेरै जाने रणनीति बढाएका हुन् ।

ओलीले यसअघि पनि संवैधानिक परिषद्मा पेलेरै नियुक्तिको सिफारिश गरेका थिए । त्यतिबेला प्रचण्ड निकट मानिने सभामुख अग्निप्रसाद सापकोटाले परिषद् बैठक बहिष्कार गरेका थिए । प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई व्यवस्थापन गरी अध्यादेशमार्फत् ऐन संशोधन गरी बैठक डाकेर नियुक्तिको सिफारिश गरेका थिए ।

ओलीले संवैधानिक निकायका ३८ जनालाई आज सपथको व्यवस्था गराएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् । उनले अब झन् कठोर कदमको तयारी गरेका छन् ।

दाहाल नेपाल पक्षले आजै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा संसदीय सुनुवाईबाट फिर्ता पठाइएका नामहरुलाई नै सपथ दिलाएपछि प्रचण्डले कठोर कदम चाल्ने तयारी गरेका हुन् ।
विश्वस्त स्रोतका अनुसार अब प्रचण्डले सडक संघर्षलाई चर्काउने तयारी गरेका छन् । उनले भित्र भित्र अन्य समूहसँग पनि समन्वय गर्न थालेका छन् । यसअघि सबै सेटिङबाट भएको बताइसकेका प्रचण्डले कठोर कदमको विकल्प नभएको निष्कर्ष निकालिसकेका छन् । उनले केही हप्ता अगाडि शाकाहारी आन्दोलनले नहुने बताइसकेका छन् ।

नेकपा विभाजनपूर्व नै ओलीले प्रचण्डलाई पेलेरै गएका थिए । उनीमाथि राजीनामाको दबाब सृजना गरेपछि प्रतिनिधि सभा नै विघटन गराएका थिए । त्यसपूर्व संवैधानि निकायमा नियुक्तिको सिफारिश गरेका थिए । ४ पौषमा ओलीले चालेको कदमसँग देशमा मुठभेडको अवस्था बढेको छ ।



प्रतिक्रिया दिनुहोस्